दफा ३४
क्षतिपूर्ति भराई लिन सक्ने
(१) नोटरी पब्लिकले पदीय दुराचरण गरेको कारणले कुनै व्यक्तिलाई हानी नोक्सानी हुन गएमा सोबाट मर्का पर्ने व्यक्तिले त्यसरी पदीय दुराचरण भएको मितिले दुई वर्षभित्र सम्बन्धित जिल्ला अदालतमा नालेस गरी निजबाट क्षतिपूर्ति भराई लिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नोटरी पब्लिकले देहायका अवस्थामा गरेको पदीय दुराचरण प्रति लिखतमा हस्ताक्षर गर्ने व्यक्ति वा निजको प्रतिनिधि समेत त्यस्तो हानी नोक्सानीको लागि समान रुपले जिम्मेवार हुनेछ:-
(क) पदीय दुराचरण लिखतमा हस्ताक्षर गर्ने व्यक्तिको काम गर्दा भएको, र
(ख) नोटरी पब्लिकले पदीय दुराचरण गर्न लागेको कुरा थाहा हुँदाहुँदै त्यस्तो काम गर्न निजले सहमति जनाएको ।